नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार कम्पनीको मुनाफामा उल्लेख्य गिरावट आएको छ।
कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८०.०८ प्रतिशतले कम हो। गत वर्ष यस्तै अवधिमा कम्पनीले २४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो।
बीमा शुल्क तथा आम्दानीतर्फ भने कम्पनीले उल्लेखनीय वृद्धि देखाएको छ। समीक्षा अवधिमा खुद बीमाशुल्क ६०५.७४ प्रतिशतले बढेको छ भने कुल आम्दानी १३०.७५ प्रतिशतले उकालो लागेको छ । त्यस्तै, खुद दाबी भुक्तानी ५१३.२७ प्रतिशतले बढेको छ भने कुल खर्च पनि १४६.२९ प्रतिशतले बढेकाे छ।
त्यस्तै, प्रतिशेयर आम्दानी पनि घटेको छ। अघिल्लो वर्षको तुलनामा ५२ पैसा घट्दै यस त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ९ पैसामा सीमित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ रहेको छ ।
७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा २६ लाख ७४ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ६७ हजार रुपैयाँ तथा रिटेन्ड अर्निङमा २२ लाख ८ हजार रुपैयाँ रहेको छ। अन्य इक्विटी शीर्षकमा कम्पनीसँग १८ हजार रुपैयाँ सञ्चित रहेको प्रतिवेदनमा उल्लेख छ।