आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये सबै भन्दा धेरै नाफा मुक्तिनाथ विकास बैङ्कले आर्जन गरेको छ भने सबैभन्दा धेरै प्रतिशेयर आम्दानी लुम्बिनी विकास बैङ्कको देखिएको छ ।
आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको तुलनामा नेपालका राष्ट्रिय स्तरका विकास बैङ्कहरूको नाफामा औसतमा २६.८० प्रतिशतको गिरावट भएको छ । सो विकास बैङ्कहरूले कुल ३ अर्ब ६१ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । आ.व. २०७८/७९ को तेस्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैङ्कहरूको मुनाफा ४ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो । नाफामा गिरावट भए सँगै अधिकांश बैङ्कहरूको प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ ।
राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये नाफा र प्रति शेयर आम्दानी दुवै वृद्धि गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क मात्र सफल भएको छ । सो बैङ्कको नाफा गत आ.व. को यसै अवधिको तुलनामा १४.३९ प्रतिशतले वृद्धि हुँदै ५५ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने प्रति शेयर आम्दानी ०.९९ प्रतिशतले बढेर १७ रुपैयाँ २६ पैसा पुगेको ।
Click here to join our viber community.
Click here to join our viber community.
आ.व. २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरणको तथ्याङ्क अनुसार राष्ट्रिय स्तरका विकास बैङ्कहरूको प्रति शेयर आम्दानी औसतमा १३ रुपैयाँ ८१ पैसा रहेको देखिएको छ, जुन आ.व. २०७८/७९ को तेस्रो त्रैमासको तुलनामा ३१.३४ प्रतिशतले कम हो।यस अवधिमा ४ वटा बैङ्कको प्रति शेयर आम्दानी औसत भन्दा बढी रहेको छ भने ४ यस्ता बैङ्कको प्रति शेयर आम्दानी औसत भन्दा कम रहेको देखिएको छ ।
राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये सबैभन्दा धेरै ८० करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको मुक्तिनाथ विकास बैङ्कको प्रति शेयर आम्दानी घटेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ। सो बैङ्कको नाफा आ.व. २०७८/७९ को तेस्रो त्रैमासको तुलनामा २१ प्रतिशतले कम हो।
त्यस्तै सर्वाधिक इपिएस भएको लुम्बिनी विकास बैङ्कको प्रति शेयर आम्दानी आ.व. २०७८/७९ को तेस्रो त्रैमासको तुलनामा ११ प्रतिशतले घटेर १८ रुपैयाँ ४५ पैसा कायम भएको छ। उक्त बैङ्कको नाफामा ८.३२ प्रतिशतको गिरावट हुँदा ४६ करोड ८१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।
त्यसै गरी, आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा गरिमा विकास बैङ्कको प्रति शेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा, महालक्ष्मी विकास बैङ्कको १२ रुपैयाँ ११ पैसा, कामना सेवा विकास बैङ्कको १२ रुपैयाँ ९७ पैसा, साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको १० रुपैयाँ ४ पैसा र ज्योति विकास बैङ्कको ६ रुपैयाँ १२ पैसा रहेको छ।
डिस्क्लेमर: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।
राष्ट्रिय स्तरका विकास बैङ्कहरूलाई नाफा र प्रतिशेयर आम्दानीका आधारमा दाँजेर हेर्दा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
