साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर १८८५ दशमलव ६० को विन्दुमा कायम भएको छ। आज कूल २६५ कम्पनीहरूका २७ लाख ३४ हजार ३०७ कित्ता शेयर रु. ८२ करोड ८५ लाख ३४ हजार ३६ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ३ करोड ११ लाख ९५ हजार ३ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम सिमेन्ट लिमिटेडको शेयर रु २ करोड ८९ लाख ३ हजार ७२ बराबरको शेयर कारोबार भएको छ।
यता, एनआईसी एशिया बैङ्क लिमिटेडको २ करोड ३८ लाख ९६ हजार ५३५ कारोबार हुँदा नबिल बैङ्क लिमिटेडको रु २ करोड १२ लाख ३८ हजार ९८९ शेयर र हिमालयन डिस्टिलरी लिमिटेडको १ करोड ८४ लाख ८० हजार ६९८ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
