नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालय बिच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धि विकासका लागि समझदारी भएको छ । एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गर्नुभएको हो । सो समझदारी अन्तर्गत बैङ्कले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैङ्किङ सेवा उपलब्ध गराउने छ र विश्वविद्यालयले मानवसंशाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने उल्लेख गरेको छ ।
सो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैङ्कका सिइओ ढुङ्गानाले बताउनुभयो । "पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैङ्कका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदारमा स्तरीय आधुनिक बैङ्किङ सेवा पाउने भएकोले समझदारी दुवैको हितमा रहेको छ" ढुङ्गानाले जानकारी दिनुभयो ।
समझदारी हस्ताक्षर कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.यादवराज कोइराला, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सञ्जेशप्रसाद कोइरालाका साथै नबिल बैङ्कका नायब कार्यकारी प्रमुख भूपेन्द्र पाण्डे र चिफ होलसेल लायबिलिटी कवीन्द्रप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।
नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच समझदारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
