सिद्धार्थ बैङ्क र र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौँ) बिच बैङ्कका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैङ्कका ग्राहकहरूले लाजिम्पाट स्थित र्याडिसन होटेलमा बैङ्कका विभिन्न कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ । सो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको जनाएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैङ्कको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरू मार्फत सम्पर्क गर्न सक्ने बैङ्कले बताएको छ ।
बैङ्कले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
सिद्धार्थ बैङ्कका ग्राहकहरूलाई र्याडिसन होटेलमा २० प्रतिशतसम्मको छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
