शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले connectIPS सँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागी "Fund Transfer मा Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैङ्किङको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको मोबाइल बैङ्किङ एपबाट connectIPS लाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।
सो अफर २०८०, भाद्र १५ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ । मोबाइल बैङ्किङ एपमा उपलब्ध connectIPS लाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा विजेता घोषणा गरिने बैङ्कले जनाएको छ । सोको जानकारी शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गर्ने समेत बैङ्कले बताएको छ।
फण्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरी, Send Money मा क्लिक गरी फण्ड ट्रान्सफर गर्न connectIPS लाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैङ्किङबाट फण्ड ट्रान्सफर गर्न connectIPS न्यूनतम शुल्क लाग्ने सजिलो माध्यम हो । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई सो अफरले थप प्रवर्द्धन गर्ने विश्वास बैङ्कले गरेको जनाएको छ । connectIPS को फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैङ्क तथा वित्तीय संस्थाको मोबाइल बैङ्किङमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न connectIPS मा छुट्टै रजिस्टर गर्न आवश्यक छैन । हाल मोबाइल बैङ्किङमा रहेको connectIPS मार्फत प्रति दिन रु. ३ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ । connectIPS फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म ल्एक् अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १४.७ मिलियन भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका ३ लाख भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरू रहेका छन् र बैङ्कले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटिएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 
 
Fund Transfer मा Mobile Phone हातमा Offer
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    