साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले घटेर १९०४ दशमलव ९८ को विन्दुमा कायम भएको छ।
आज कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा उक्त कम्पनीका लगानीकर्ताहरूले १० प्रतिशतका दरले कमाएका हुन् । साथै मोलुङ्ग हाइड्रो पावर कम्पनीका शेयरधनिहरुले ९.९७ प्रतिशतको दरले कमाउँदा सन्राइज ब्लूचिप फण्डका शेयरधनीहरुले ७.३३ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका शेयरधनीहरुले ६.०५ प्रतिशत र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका शेयरधनीहरुले ५.५३ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका शेयरधनिहरुले ५.०५ प्रतिशतको दरले गुमाउँदा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनिहरुले ४.६८ प्रतिशतले, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका शेयरधनिहरुले ४.२० प्रतिशतले, जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनिहरुले ३.७० प्रतिशतले र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनिहरुले ३.५६ प्रतिशतका दरले गुमाएका छन् ।
शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट हुने कम्पनीहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
