प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँ,कमलादी स्थित हेयर एण्ड शान्ति (ज्बष्च बलम क्जबलतष्) र प्रभु बैङ्क लिमिटेड बिच बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई सौन्दर्य सम्बन्धी सेवा सुविधामा (Professional Makeup , Painless Depilation ,Haircut and Styling, Eyelash Extensions, Professional Stylists ,Spa Procedures, Regenerating Treatments, Manicure & Pedicure) विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच हेयर एण्ड शान्ति (Hair and Shanti) का तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैङ्क लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकाल ले समझदारी ज्ञापन पत्र (MOU)मा हस्ताक्षर गर्नुभएको छ । समारोहमा प्रभु बैङ्कका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्ति (Hair and Shanti) का तर्फबाट म्यानेजर पूजा थापा को समेत उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरू तथा कर्मचारीहरूले हेयर एण्ड शान्ति (Hair and Shanti) मा माथि उल्लेखित सौन्दर्य सम्बन्धी सेवा लिँदा (थ्रेड्रिङ्ग बाहेक) ग्राहकहरूलाई १०% र कर्मचारीहरूलाई ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैङ्कका कर्मचारीहरूले प्रभु बैङ्क लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेस गर्नुपर्ने छ ।
हेयर एण्ड शान्ति (Hair and Shanti) ले दुई दशकदेखि निरन्तर विभिन्न स्थानमा (आउटलेटः काठमाडौँ भित्र ८ र पोखरा १, वीरगन्ज १, हेटौडा २ र नारायणघाट १) बाट सौन्दर्य सम्बन्धी सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
हेयर एण्ड शान्ति (Hair and Shanti a Unisex Hair Salon) र प्रभु बैङ्कबिच विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
