युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले चैत्र २३ गते (आज) ९ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हेरिटेज प्लाजा-२, कमलादी-२८ काठमाण्डाैँमा (विद्युतीय/भर्चुअल माध्यम: Zoom मार्फत सभा सञ्चालन गरी सोही बमोजिम सभामा सहभागी हुन र आफ्नो मन्तव्य राख्न मिल्ने व्यवस्था मिलाइने) बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर र ०.३६८ प्रतिशतका दरले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
युनाईटेड मोदी हाइड्रोपावरले आज नवौँ वार्षिक साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
