जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज साउन १५ गतेदेखि हकप्रद सेयरको निष्कासन खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशतको दरमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो।
यस अनुसार, कम्पनीले हालको एक सेयर बराबर ०.६५ कित्ताका दरले हकप्रद निष्कासन गर्दै छ, जसअनुसार २४ लाख १४ हजार १०० कित्ता, अङ्कित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले, कुल २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको सेयर बिक्री खुला गरिएको हो।
यस प्रयोजनका लागि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। असार ५ गतेसम्म कायम सेयरधनीहरूले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले क्यापिटल, जोशी हाइड्रोपावरको कार्यालय तथा लक्ष्मी सनराइज बैङ्कको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सि-आस्बा प्रणाली तथा 'मेरो शेयर' मार्फत अनलाइन आवेदन दिने व्यवस्था पनि उपलब्ध छ।
हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासन पश्चात् यो पुँजी बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।
 
जोशी हाइड्रोपावरको ६५% हकप्रद सेयर खुला, भदौ ४ सम्म आवेदन दिन सकिने
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    