
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव २१ अङ्कले घटेर २७१९ दशमलव २० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव २८ अङ्कले घटेर ४५६ दशमलव ४७ को विन्दुमा पुगेको छ ।
आज कूल ३०३ कम्पनीहरूका १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर रु. ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ०५० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य विकास बैङ्क उपसमूह १०१ दशमलव १७ अङ्कले बढेकाे छ। यता, बैङ्किङ उपसमूह ९ दशमलव ७२ अङ्कले घट्दा वित्त उपसमूह ४२ दशमलव ७९ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ७५.६० अङ्कले, जलविद्युत उपसमूह ५५.९१ अङ्कले, लगानी उपसमूह २.०७ अङ्कले, जीवन बिमा उपसमूह १८२.४४ अङ्कले, उत्पादन उपसमूह १८६.४६ अङ्कले, लघुवित्त उपसमूह ४५.४५ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०२ अङ्कले, निर्जीवन बिमा १२७.६० अङ्कले, अन्य उपसमूह ४१.३४ अङ्कले र ट्रेडिङ उपसमूह ७४.९४ अङ्कले घटेका छन् ।
 
धितोपत्र बजारमा ३२.२१ अङ्कको गिरावट, नेप्से २७१९.२० को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    