गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पौष ०५ गते, मंगलबार अपरान्हकाे ३:३० बजे बसेको सञ्चालक समितिको २४५ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई ७.३७ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने रकम रु. ६ करोड ६५ लाख २८ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.३७ प्रतिशतले हुन आउने रकम रु. ३५ लाख १ हजार ४७६ रुपैयाँ ६८ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा ७.३७ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।
Click here to view the notice.
गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सकाे लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%