एन आई सी एशिया बैङ्कले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा बापतको रु. १० लाख उपलब्ध गराएको छ । सो बैङ्कमा सर्वश्रेष्ठ बचत खाता खोल्नु भएका रुपन्देही जिल्लास्थित शुद्धोदन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमाबापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई सो बैङ्कका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले रु. १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
बैङ्कले हालसम्म २०७९ जना ग्राहकहरूलाई बीमा दाबी गरे बापतको रु. ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा बापत २७ जनाले रु. २ करोड ९० लाख, दुर्घटना बीमा बापत १३ जनाले रु. १ करोड ३० लाख र मेडिकल बीमा बापत २ हजार ३९ जनाले रु. ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेका छन् । सो बैङ्कले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत रु. ४० लाखको दुर्घटना बीमा, रु. ४० लाखको घातक रोग बीमा र रु. ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्ने छन् । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले रु. ३ लाख २० हजारसम्म र ओपिडी उपचारको लागि रु. ८० हजारसम्म प्राप्त गर्न छन् ।
एन आई सी एशिया बैङ्कद्वारा दुर्घटना बीमा बापत रु. १० लाख हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
