कुमारी बैङ्क लिमिटेडले “कुमारी परिवार सुरक्षा बचत खाता” योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
खातावालाको परिवारको तर्फबा मुना राणालाई कुमारी बैङ्क लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको हो ।
कुमारी बैङ्कले “कुमारी परिवार सुरक्षा बचत खाता” मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरूले २६ लाख रुपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको जनाएको छ ।
कुमारी बैङ्कले विगत ५ वर्ष देखि ग्राहकहरूको सुविधाका लागि “कुमारी परिवार सुरक्षा बचत खाता” योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको जनाएको छ ।
कुमारी बैङ्कद्वारा १० लाखको बीमा रकम भुक्तानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
