निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पाैष १९ गते, मंगलबार अपराह्न ४:०० बजे बसेको सञ्चालक समितिको २९५ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई २० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने रकम रु. ४१ करोड ७० लाख ५४ हजार ७५० रुपैयाँ बराबरको बोनस शेयर र १ प्रतिशतले हुन आउने रकम रु. २ करोड १९ लाख ५० हजार २५० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा २० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २९.५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.५५२६ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।
Click here to view the notice.
निर्धन उत्थान लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%