ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल कार्तिक १९ गते, आइतबारका दिन बसेको सञ्चालक समितिको ४२९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७९/०८० को वितरणयोग्य मुनाफा समेतबाट चुक्ता पुँजीको ९ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ८ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश गरी जम्मा ९ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र बैङ्कको साधारण सभाबाट स्वीकृत भए पश्चात् मात्र वितरण गर्ने ग्लोबल आइएमई बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
ग्लोबल आइएमई बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
