ग्लोबल आईएमई बैंकले आफ्ना शेयरधनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारण सभाबाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो ।
बैंकको आर्थिक वर्ष ०६६-६७ देखि ०७०-७१ सम्मका साधारण सभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले नलिएकोले सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांश लिन बैंकले आग्रह गरेको छ ।
शेयरधनीले बैंकको शेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा सम्पर्क गर्न अनुरोध गरेको छ । भुक्तानी लिन बाँकी रहेको लाभांशको विवरण बैंक तथा बैंकको शेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिनेछ । यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
शेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
