किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल फाल्गुन ०९ गते, बिहान ८:०० बजे बसेको सञ्चालक समितिको ११२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई ७.३६८४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने रकम रु. ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ बराबरको बोनस शेयर र ०.३६८४ प्रतिशतले हुन आउने रकम रु. १७ लाख ३६ हजार ६२८ रुपैयाँ बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।