एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५८.९३ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ५६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले २ अर्ब ८५ करोड निक्षेप सङ्कलन गरी १९ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले १४ अर्ब १४ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ६० करोड ८६ लाख रुपैयाँ र सञ्चित मुनाफा ६७ करोड २४ लाख रुपैयाँ रहेको छ ।
एनआईसी एशिया लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३४.९५ प्रतिशतले घटेर ७७ करोड ६७ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको वितरण योग्य मुनाफा ६७ करोड २४ लाख रुपैयाँ रहेको छ। उक्त वितरण योग्य मुनाफालाई वार्षिक करण गर्दा एनआईसी एशिया लघुवित्तले आफ्ना शेयरधनीहरूलाई ५१.५४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।
सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.९१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ६६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ५४० को आधारमा मूल्य आम्दानी अनुपात ३० गुणा रहेको छ ।
खुद ब्याज आम्दानी घटेसँगै एनआईसी एशिया लघुवित्तको नाफामा ५८.९३ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
