सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैङ्कको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्री जनता मा.वि, शुद्धोदन गाउँपालिका ०७, रुपन्देहीमा सञ्चालन गरेको थियो । सञ्चालन भएको सो शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरू लिएका थिए ।
त्यसै गरी,सन्राइज बैङ्कको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा ज्येष्ठ २५ गते छिटाहा मा.वि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरू प्रदान गरेको थियो । कार्यक्रममा १ सय ५१ सहभागीहरू थिए ।
हरेक वर्ष देशका विभिन्न स्थानहरूमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरूलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण महिला सशक्तीकरण लगायतका विषयहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरू गर्दै आएको बैङ्कले जनाएको छ ।
सन्राइज बैङ्कद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
