बन्दीपुर केवलकारको आइपिओ बाँडफाँट, ४ लाख ३४ हजारभन्दा बढीले पाए १० कित्ता सेयर

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्राथमिक शेयर (IPO) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको आइपिओ बाँडफाँट नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ लिमिटेडको कार्यालयमा गरिएको हो, जसले निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी वहन गरेको छ।

कम्पनीले भदौ ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको थियो। उक्त सेयरमा २४ लाख २२ हजार १७७ आवेदकले कुल २ करोड ७६ लाख ३७ हजार ७२० कित्ताका लागि आवेदन दिएका थिए। सबै आवेदन स्वीकृत भए पनि मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथा अपनाइएको हो।

गोला प्रथामार्फत ४ लाख ३४ हजार १०८ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
0.00%
0.00%
0.00%
0.00%
50.00%

प्रतिकृया दिनुहाेस्

ad x