धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ४३ अंकले बढेर १९६५ दशमलव ९८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ३४ अंकले बढेर ३८६ दशमलव २६ को विन्दुमा पुगेको छ ।
आज कूल २३३ कम्पनीहरूका ४२ लाख २३ हजार ८६७ कित्ता शेयर रु २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य सामूहिक लगानी कोष शून्य दशमलव १३ अङ्कले घटेकाे छ । यता, बैंकिङ उपसमूह १९ दशमलव १८ अङ्कले बढ्दा विकास बैंक उपसमूह ६४ दशमलव ०७ अङ्कले, वित्त उपसमूह ३५ दशमलव ७७ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३६.३४ अङ्कले, जलविद्युत उपसमूह ३७.५४ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ७३ अङ्कले, जीवन बिमा उपसमूह ९९.४० अङ्कले, उत्पादन उपसमूह ११४.१४ अङ्कले, लघुवित्त उपसमूह १३०.४४ अङ्कले, निर्जीवन बिमा ७६.२९ अङ्कले, अन्य उपसमूह १८.४६ अङ्कले र ट्रेडिङ उपसमूह २७.०८ अङ्कले बढेको छ ।
धितोपत्र बजारमा ३२.४३ अङ्कको वृद्धि , नेप्से १९६५.९८ को विन्दुमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
