साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३६ दशमलव १९ अङ्कले घटेर २१६४ दशमलव ३१ को विन्दुमा कायम भएको छ। आज कूल २६७ कम्पनीहरूका ७७ लाख १६ हजार २७७ कित्ता शेयर रु. २ अर्ब ९१ करोड ०७ लाख ३२ हजार ४१८ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा सोल्टी होटल लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १५ करोड २७ लाख ७९ हजार ०७४ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. १० करोड ३९ लाख ५७ हजार ७८६ बराबरको शेयर कारोबार भएको छ।
यता, ग्लोबल आइएमई बैङ्क लिमिटेडको रु. ७ करोड ८२ लाख ८३ हजार २८५ कारोबार हुँदा एभरेष्ट बैङ्क लिमिटेडको रु. ७ करोड ६२ लाख ०५ हजार ७०० र कुमारी बैङ्क लिमिटेडको रु. ७ करोड ४६ लाख ०२ हजार ८३९ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
