
बैङ्किङ प्रणालीमा तरलता अत्यधिक बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ। केन्द्रीय बैङ्कले एक वर्ष अवधिको यो ऋणपत्र बोलकबोल प्रणाली मार्फत बजारमा ल्याएको हो।
राष्ट्र बैङ्कका अनुसार निष्कासित ऋणपत्रलाई “नेपाल राष्ट्र बैङ्क ऋणपत्र २०८३ ‘घ’” नाम दिइएको छ। यस ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा भुक्तानी २०८३ पुस २२ गते गरिनेछ। ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।
बोलकबोल प्रक्रियामा एकल वा बहु ब्याजदर दुवै विकल्प प्रयोग गर्न सकिनेछ। यसमा वाणिज्य बैङ्क, विकास बैङ्क तथा फाइनान्स कम्पनीहरू सहभागी हुन पाउनेछन्।
राष्ट्र बैङ्कले सङ्कलित प्रस्तावहरूलाई न्यून ब्याजदरदेखि उच्च ब्याजदरको क्रममा क्रमबद्ध गरी आह्वान गरिएको रकम वा तोकिएको सीमाभित्र स्वीकार गर्ने जनाएको छ। यसरी निर्धारण भएको ब्याजदरलाई एकल ब्याजदरका रूपमा मान्दै सोही दर वा सोभन्दा कम ब्याजदरमा प्रस्ताव गर्ने संस्थाहरूलाई ऋणपत्र बाँडफाँट गरिनेछ।
अत्यधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैङ्कले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
