सिक्लेस हाईड्राेपावर लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल फाल्गुन २९ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १०.५२६ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशतले हुन आउने रकम रु. ८ करोड ९४ लाख ७३ हजार ६४२ रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभा (चैत्र २० गते) बाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने सिक्लेस हाईड्राेपावर लिमिटेडले जानकारी दिएको छ ।
सिक्लेस हाईड्राेपावरकाे लाभांश प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
