साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक ५ दशमलव १३ अङ्कले बढेर २०६६ दशमलव ०५ को विन्दुमा कायम भएको छ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ९.०९ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सिंगटी हाईड्रो इनर्जी लिमिटेडका शेयरधनीहरुले ७.४९ प्रतिशत, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका शेयरधनीहरुले ६.५५ प्रतिशत, नबिल इक्विटी फण्डका शेयरधनीहरुले ५.६७ प्रतिशत र सोल्टी हाेटल लिमिटेडका शेयरधनीहरुले ५.६५ प्रतिशतका दरले कमाएका छन् ।
यता, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले ६.५३ प्रतिशतले गुमाउँदा सुपर मादी हाइड्रोपावर लिमिटेड ५.८४ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैङ्क लिमिटेड ५.२० प्रतिशत, एशियन हाइड्रोपावर लिमिटेड ४.९९ प्रतिशत र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड ४.९८ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
