सानिमा बैङ्क लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैङ्कका संस्थापक शेयर धनीले ५१ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैङ्कले उक्त शेयरहरू बिक्री गर्न लागेको हो भने उक्त शेयरकाे मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको बैङ्कले जनाएको छ ।
बैङ्कले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयर धनीहरूलाई ३५ दिनभित्र उक्त शेयर खरिद गर्न आह्वान गरेकोमा संस्थापकहरूबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले ७ दिनभित्र आवश्यक कागजपत्र सङ्कलन गरेर बैङ्कको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
सानिमा बैङ्कको ५१ लाख कित्ता शेयर बिक्रीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
