![](https://1.bp.blogspot.com/-RQavkuV1Ir0/X3rOIo2cSHI/AAAAAAAAJ_k/D132EDHqceIAOB7u05d1jLuJ-2EOgmzbACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2020-10-05%2Bat%2B13.25.32.png)
ज्ञानमाण्डू।न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले न्यूजील्यान्डको अकल्यान्डमा कोरोनाभाइरस संक्रमण दरमा उल्लेखनीय रुपमा सुधार आएको भन्दै निषेधाज्ञाहरु खुकुलो बनाइएको घोषणा गरेकी छन् ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डेनले न्यूजील्यान्डले कोरोनाभाइरसलाई फेरि पनि परास्त गरेको बताइन् । प्रधानमन्त्री आर्डेनलेकोरोना संक्रमण बढेलगत्तै अकल्यान्डमा लगाइएका निषेधाज्ञाहरु यसै साताबाट खुकुलो बनाइने जानकारी दिइन् ।
प्रधानमन्त्री आर्डेनले विगत १२ दिनदेखि अकल्यान्ड शहरमा नयाँ रोगी नदेखिएको पनि बताइन् ।
सेप्टेम्बरको अन्त्यमा आर्डेनले न्यूजील्यान्डमा कोरोना संक्रमण देखिएको भन्दै प्रतिबन्धहरु घोषणा गरेकी थिइन् ।
न्यूजील्यान्डका स्वास्थ्य मन्त्रीले विगत २४ घण्टाको अवधिमा एक व्यक्तिमा मात्र कोरोनाभाइरस संक्रमण देखिएको बताए । देशभित्र हाल ४० जना संक्रिय संक्रमित छन् ।रासस