![api power company](https://1.bp.blogspot.com/-V8zp1jW6ECE/YJIwXt0u36I/AAAAAAAANiA/8ZOAgY21Wf8L3_ayU0LtijEUffVpCStvgCNcBGAsYHQ/s16000/api.jpg)
ज्ञानमाण्डू। हकप्रद निष्काशन प्रयोजनका लागि बैशाख २९ गते बुक क्लोज गर्ने तयारिमा रहेको अपि पावर कम्पनी लिमिटेडको २९% हकप्रद सुरक्षित गर्ने आज बैशाख २९ गते मङ्गलबार अन्तिम दिन रहेको छ ।
यस अनुसार, आजका दिन सम्म शेयारधनी बनेका लगानिकर्ताहरुले अपि पावर कम्पनी लिमिटेडले १ : ०.२९३८ अनुपातमा निष्काशन गर्न लागेको हकप्रद शेयरकालागि आवेदन दिन योग्य हुनेछन् ।
अपि पावर कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा १ बराबर ०.२९३८ कित्ताको अनुपातमा कुल ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।