
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार पोखरा फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार पोखरा फाइनान्स लिमिटेडको कुल ४ लाख ५८ हजार ६ सय ४० दशमलव ८६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।