![](https://1.bp.blogspot.com/-yHsvHplUoGc/YA-45q8ayWI/AAAAAAAALoA/kDj2nyO00t4qTaqvN1RMdhEdwWy7F_YjQCNcBGAsYHQ/s16000/Gold%2BPrice%2BUp.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुष १ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात बुधबार मंसिर २९ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको देख्न सकिन्छ ।