
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ १ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात विहीबार वैशाख २९ गतेका दिन, छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
अईतबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।