नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धि बिचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ ।
अवैतनिक कन्सुलर कर्प्स नेपाल - एसोसिएसनले आयोजना गरेको लुम्बिनी कन्क्लेभलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्ति र समृद्धि बिचको गहिरो सम्बन्धलाई आत्मसाथ गर्न लगानीकर्ता तथा कूटनीतिक समुदायलाई आग्रह गर्नुभएको हो ।
शान्तिले आवश्यक स्थिरता प्रदान गर्दछ, शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू डर बिना स्वतन्त्र पूर्वक सञ्चालन हुँदा लगानी, उद्यमशीलता, र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण बन्ने भएकाले लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको उपयोग गर्न लगानीकर्ताहरूलाई आह्वान गरिएको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
अध्यक्ष ढकालले आउँदो नेपाल लगानी सम्मेलनमा बढी भन्दा बढी लगानीकर्ताहरूलाई सहभागी गराइ लगानी जुटाउन पनि कूटनीतिक समुदायलाई आग्रह गर्नुभयो । आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ ऊर्जा, कृर्षि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा बाह्य लगानीका लागि उदार नीति तथा लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गरिरहेकाले पनि आश्वस्त रहन पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो ।
नेपाल विकासोन्मुख देशको रूपमा ग्र्याजुएट हुन गइरहेको सन्दर्भमा प्रत्यक्ष विदेशी लगानीका लागि थप अवसरहरू सृजना भएकाले यसको उपयोग गर्न पनि सम्मेलन उपयुक्त मञ्च रहने पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
शान्ति र समृद्धि बिचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन महासङ्घ अध्यक्ष ढकालद्वारा लुम्बिनीमा कूटनीतिक समुदायलाई आह्वान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
