नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिनुभएको छ ।
छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासङ्घका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा ४५ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको बताउँदै केही समयमै यो संस्था सबैभन्दा धेरै पैसा भएको नेपालको संस्थाको रूपमा पुग्ने बताउनुभयो ।
“४५ अर्ब रुपैयाँ फन्ड बैकमा राखेर हुन्न । कार्यविधि बनाएर यसलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुपर्छ । सामाजिक सुरक्षा कोषको स्थापना भएको भर्खरै ६ वर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले रोजगारदाता र श्रमिक बिचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण काम गरेको छ ।”
कार्यक्रममा ढकालले कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउँदै राज्यको दूर दराजमा रहेका विपन्न जनता जो वैदेशिक रोजगारीमा जान चरम आर्थिक सङ्कट बेहोरी रहेका छन् तिनको सहजी करणमा लगानी गर्न समेत सुझाव दिनुभएको छ ।
अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषका कारण निजी क्षेत्रका रोजगारदाताहरू र श्रमिकहरूको सम्बन्ध सुमधुर बनाएको बताउनुभएको छ ।
ढकालले श्रम सम्बन्ध सुधार र श्रम क्षेत्रमा समस्या समाधान गर्नेतर्फ उल्लेखनीय सफलता प्राप्त गरेको बताउँदै लामो छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानुनी र संस्थागत व्यवस्था भएको बताउनुभएको छ ।
यो नीतिगत सुधारले सामाजिक रूपान्तरणका हाम्रा प्रयासमा ठुलो सहयोग पुग्न हामीले विश्वास लिएका छौँ, उहाँले भन्नुभयो ।
अध्यक्ष ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल र प्रभावकारी कार्यान्वयनमा महासङ्घको निरन्तर सहयोग रहने प्रतिविद्धताका साथै सामाजिक सुरक्षा दिवसको सफलताको कामना समेत गर्नुभएको छ ।
सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन महासङ्घ अध्यक्ष ढकालको सुझाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
