नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार फाल्गुन २१ गते आइतबारका दिन पाँच वटा कम्पनीहरूको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ। नेप्सेमा आइतबार प्रभु बैङ्क लिमिटेड, सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेड, आइ.सि.एफ.सी. फाइनान्स लिमिटेड, फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखाेला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो।
सेञ्चुरी कमर्सियल बैङ्क र प्रभु बैङ्क लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई वितरण गरेको क्रमशः ४.७५ र ६.५० प्रतिशतले हुन आउने सेञ्चुरी कमर्सियल बैङ्कको कुल ४५ लाख ३८ हजार १०६.८७ कित्ता र प्रभु बैङ्कको कुल ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनस शेयर आइतबार सूचीकृत भएको नेप्सेले जनकारी दिएको छ । त्यसै गरी, नेपाल स्टक एक्सचेन्जमा आइतबार आइ.सि.एफ.सी. फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ५ प्रतिशतले हुन आउने कुल ५ लाख ६३ हजार ५५८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
त्यस्तै, फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई वितरण गरेको १९ प्रतिशतले हुन आउने कुल १८ लाख ३२ हजार ५३५.५६ कित्ता बोनस शेयर र आँधिखाेला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ३० प्रतिशतले हुन आउने कुल ३ लाख ५७ हजार कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा आइतबार सूचीकृत भएको छ ।
नेप्सेमा आइतबार पाँच कम्पनीको बोनस शेयर सूचीकृत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

0.00%

100.00%
