सुनको मूल्यमा प्रतितोला २ हजार १०० रुपैयाँको गिरावट


नेपाली बजारमा आज आइतबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेर २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ।

यस अघि शुक्रवार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x