नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ ।
महासङ्घले सोमबार परिसङ्घका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको उक्त कार्यक्रममा दुवै संस्थाको नेतृत्वले सहकार्यमा जोड दिएका हुन् ।
महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकालले परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेश कुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताउनुभयो ।
हामीले विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएका थियौ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ, उहाँले भन्नुभयो ।
महासङ्घ, परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शले बिहीबार संयुक्त रूपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेस गर्दै छ । यसले सकारात्मक सन्देश दिनेछ, ढकालले भन्नुभयो ।
यसै गरी परिसङ्घका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरूबिच पनि सहकार्य आवश्यक रहेको बताउनुभयो । महासङ्घको स्वागतका लागि धन्यवाद दिँदै उहाँले भन्नुभयो, हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।
परिसङ्घको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । सोमबारको छलफलमा परिसङ्घ र महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरूको सहभागिता थियो ।
महासङ्घ र परिसंघको नवनिर्वाचित पदाधिकारीबिच भेटवार्ता, आपसी सहकार्यमा जोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
