साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर १८४५ दशमलव ०१ को विन्दुमा कायम भएको छ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । इस्टर्न हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ९.७८ प्रतिशत, ग्रीनलाईफ हाइड्राेपावर लिमिटेडका शेयरधनीहरुले ९.७३ प्रतिशत, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ८.०६ प्रतिशत र साहस ऊर्जा लिमिटेडका शेयरधनीहरुले ७.८८ प्रतिशतका दरले कमाएका छन् ।
यता, माई खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ७.९३ प्रतिशतले गुमाउँदा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ५.३६ प्रतिशत, ८.५ % नेपाल बैङ्क डिबेन्चर २०८७ (२.५३ प्रतिशत), १०.५ % नेपाल इन्भेष्टमेण्ट डिबेन्चर २०८२ (२.४३ प्रतिशत) र मेगा म्युचुअल फण्ड -१ (२.२० प्रतिशत) ले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
