लिवर्टी इनर्जी कम्पनी लिमिटेडले वैशाख २५ गते (आज) एघारौँ, बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा एकसाथ गर्दै छ । कम्पनीले साधारण सभा अमृतभाेग, क्याटरर्स, कालिकास्थान, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ, लेखापरिक्षकको प्रतिवेदन सहित आ.व २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७७/०७८ र २०७८/०७९ का लागि नियुक्त लेखापरिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने तथा आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्ने तथा अख्तियारी सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि वैशाख ११ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा वैशाख १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
लिवर्टी इनर्जी कम्पनीले आज एघारौँ, बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
