नेपाल राष्ट्र बैङ्कले आफ्ना विभिन्न कोषहरूमा रहेको २९ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रकम मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैङ्कको वित्त व्यवस्थापन विभागमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूबाट ३६६ दिन अवधिको मुद्दती निक्षेप प्रस्ताव आह्वान गरिएको हो। प्रस्ताव अनुसार, ‘क’ वर्गका वाणिज्य बैङ्कका लागि २३ अर्ब ४० करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैङ्कका लागि ४ अर्ब ३८ करोड ७० लाख रुपैयाँ, र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि १ अर्ब ४६ करोड २० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिनेछ। इच्छुक संस्थाहरूले साउन १५ गतेभित्र आवेदन दिनुपर्नेछ।
राष्ट्र बैङ्कले प्रस्ताव दिन इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूका लागि केही मापदण्डहरू पनि तय गरेको छ। तीमध्ये, संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने, न्यूनतम पुँजी कोष कायम भएको, निष्क्रिय कर्जा (NPL) ८ प्रतिशतभन्दा कम भएको, तरल सम्पत्ति र खुद निक्षेपको अनुपात कम्तीमा २० प्रतिशत भएको, रियल स्टेट कर्जा तोकिएको सीमाभित्रको भएको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा रहेको र सर्वसाधारणका लागि शेयर निष्कासन गरिएको हुनुपर्नेछ। राष्ट्र बैङ्कको यो कदमले वित्तीय प्रणालीमा तरलता व्यवस्थापन गर्नुका साथै कोषको प्रभावकारी उपयोग गर्दै प्रतिस्पर्धात्मक ब्याजदरमा निक्षेप लगानी गर्न मद्दत गर्ने उद्देश्य राखेको छ।
नेपाल राष्ट्र बैङ्कद्वारा २९ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रकम मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
