प्रभु बैङ्क लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहर मैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको छ । मिति वि.स. २०८० असार २७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीलाई उक्त गाडीको साँचो हस्तान्तरण गर्नुभयो । उक्त गाडी दैनिक सञ्चालनका लागि बैङ्कले एक जना चालकलाई एक वर्षको पारिश्रमिक बापत रु. ३ लाख रकम समेत उपलब्ध गराउने जानकारी दिएको छ ।
उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, कोषाध्यक्ष नारायण प्रसाद सुबेदी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत कोषका परिषद् सदस्यहरू तथा अन्य पदाधिकारीहरू, बैङ्कका चिफ मार्केटिङ अफिसर मञ्जय राज पाण्डे लगायतको उपस्थिति रहेको सो बैङ्कले बताएको छ। उक्त हाइड्रोलिक हपर टिपर गाडी प्रदान गर्ने कार्यले कोषलाई पशुपति क्षेत्र वरपरको फोहर मैला व्यवस्थापनमा सहयोग पुग्नेछ भन्ने विश्वास लिएको बैङ्कले बताएको छ ।
प्रभु बैङ्क लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहर मैला व्यवस्थापन प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिप्पर गाडी प्रदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
