
देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रहरूमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ, जसले गर्दा वर्षा हुने क्रम यथावत् रहेको हो।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। विशेष गरी गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातको समयमा पनि देशभर सामान्य बदलीको अवस्था रहने छ। गण्डकी प्रदेशसहित अन्य पहाडी भू–भागका केही स्थानहरूमा र तराई क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षा जारी रहने सम्भावना छ।
 
देशभर मनसुनी वायुको प्रभाव कायमै, उपत्यकासहित विभिन्न स्थानमा वर्षाको सम्भावना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    