विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ  जितेकी प्रमीला  रोकायालाई आइएमईले  १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।  जापानको क्योदाइबाट आइएमई  रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई टोकियो स्थित नाकानो सिकी नो मोरी पार्कमा शनिवार आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरेको हो ।
नेपालका लागि जापानका राजदूत  डा. दुर्गा बहादुर सुबेदी ,आइएमई लिमिटेडका तर्फबाट सुशील थापा र क्योदाइ जापानका युचिरो किमोतोले  प्रमीलालाई एक करोडको चेक हस्तान्तरण गर्नुभएको हो । चेक बुझे पछि प्रमीलाले आइएमई मार्फत रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट नेपालको कैलाली रहेका बा आमा लाई घर बनाइदिने योजना बनाएको बताइन् ।
गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमीला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले  गत वर्ष सञ्चालन गरेको "आइएमई गरौँ,करोडपति बनौँ" योजना  अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।
 
आइएमईको करोडपति योजना जितेकी प्रमीलालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    