महालक्ष्मी विकास बैङ्कले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैङ्कले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सोही अन्तर्गत महालक्ष्मी विकास बैङ्कले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरी काठमाडौँ उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा बैङ्कको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको हो । यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विधार्थीहरुको उच्च शिक्षा हासिल गर्न चाहानामा गतिशीलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैङ्कले लिएको बताएको छ ।
महालक्ष्मी विकास बैङ्कद्वारा कर्णाली प्रदेश अन्तर्गतका विद्यालयहरूलाई छात्रवृत्ति प्रदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
