भारतका स्वामी कैलाशानंद महाराजद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन पूजा

भारतको प्रसिद्ध निरञ्जन अखाडाका परमपूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गर्नु भएको छ ।

नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने क्रममा स्वामी  कैलाशानंद महाराजले  चन्द्रागिरि स्थित  भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना  गर्नु भएको हो ।  दर्शन लगत्तै कैलाशानंद महाराजले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गर्न पुगेको पनि उल्लेख गर्नु भयो  ।

काठमाण्डौंमा रहँदा चन्द्रागिरि रिसोर्टमा बस्नु भएका स्वामी कैलाशानंदले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स  उत्कृष्ट  गन्तव्य  बन्न पुगेको भनी  प्रशंसा समेत गर्नु भएको थियो ।

स्वामी कैलाशानंद सहितको भ्रमण टोलीले  हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न पाउनु अत्यन्तै स्मरणीय अनुभव भएको बताउनु भयो ।

भ्रमणका क्रममा स्वामी कैलाशानंदले “मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेकाले यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउने पनि उल्लेख गर्नु भयो ।
नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानन्दले  लुम्बिनी केबलकारमा यात्रा गरी वसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन  तथा रसुवाको गोसाईंकुण्ड र  काठमाण्डौंमा दक्षिणकाली मन्दिरमा समेत पूजा आराधना गर्नु भएको थियो ।

नेपालका विभिन्न धार्मिक स्थलमा भएको स्वामी कैलाशानन्दको भ्रमणले नेपालको धार्मिक तथा आध्यात्मिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x