एनएमबि बैङ्क, नबिल बैङ्क, नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क, एभरेष्ट बैङ्क, तथा डायनामिक हाइड्रो ईनर्जी बिच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैङ्क ली. अगुवा बैङ्क रहने भएको हो । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत ७ अर्ब रहने जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लगानी  ५ अर्ब २५ करोड रहनेछ ।
बैङ्कका अनुसार एनएमबि बैङ्क ली.ले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैङ्क ली.ले ३४ करोड ऋण लगानी गर्ने भएको हो ।
एनएमबि बैङ्क ली.को तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. ली. को तर्फबाट अध्यक्ष मोहन विक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । एनएमबि बैङ्क ली.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन विक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गर्नुभयो । सोही कार्यक्रममा एनएमबि बैङ्क ली.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैङ्क ली.मा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराउनुभयो । साथै मोहन विक्रम कार्कीले एनएमबि बैङ्क ली.सँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समय सीमामा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । एनएमबि बैङ्क ली.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ ।
बैङ्कका अनुसार नेपाल राष्ट्र बैङ्कबाट जारी इन्भाइरोमेन्टल एण्ड सोसल रिस्क म्यानेजमेन्ट २०२२को निर्देशन अनुसार एनएमबि बैङ्कले वातावरणीय तथा सामाजिक नीति इन्भाइरोमेन्टल एण्ड सोसल पोलिसी तयार पारी त्यस बमोजिम बैङ्कले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली इन्भाइरोमेन्टल एण्ड सोस म्यानेजमेन्ट सिस्टम लागु गरिसकेको छ ।
 
लाप्चे तामाकोशी जलविद्युतमा एनएमबि अगुवाइमा ५ अर्ब २५ करोड ऋण लगानी
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    