कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ ।
मुख्यमन्त्री शर्मालाई भेट्न आउनुभएका आयोजनाका प्रतिनिधि केके शर्मालाई आयोजनाको काम अगाडि बढाउन अनुरोध गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री शर्माले हालसम्मको आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको थियो ।
माथिल्लो कर्णाली जलविद्युत् कर्णाली प्रदेशसहित मुलुकको महत्त्वपूर्ण आयोजना भएकाले यसको निर्माणमा तीव्रता दिनुपर्ने सुझाव दिनुभएका मुख्यमन्त्री शर्माले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक पहल तथा समन्वयका लागि तयार रहेको जनाउनुभयो । आयोजनाका प्रतिनिधि शर्माले आयोजनाअन्तर्गत सबै प्रक्रिया पूरा भएको र अब काम अगाडि बढाउने बताउनुभएको थियो ।
नौ सय मेगावाट जलविद्युत् क्षमताको उक्त आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले लिएको छ । जिएमआरले माथिल्लो कर्णाली आयोजनाको निर्माण १३ वर्षदेखि अगाडि बढ्न सकेको छैन । जिएमआरले सन् २००८ मा नै आयोजना निर्माणको जिम्मा पाएको थियो ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाउन आग्रह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en