ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक सङ्घको सहकार्यमा अप्प कटाई तथा सिलाई तालिम सञ्चालन गरेको छ । असार ७ गतेदेखि ललितपुर महानगरपालिकाको वार्ड नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य बस्तु उत्पादन कार्यक्रम अन्तर्गत अप्पर कटाई तथा सिलाई तालिम सञ्चालन गरेको सो कम्पनीले जानकारी दिएको छ । सार्की समुदायको पुख्र्याउली जुत्ता व्यवसायको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य अनुरूप तालिम सञ्चालन गरेको नेपाल छाला जुत्ता उत्पादक सङ्घका अध्यक्ष हरिराम बोगटीले बताउनुभयो । तालिमबाट सिकेको सिप व्यवहारमा लागू गरी आफ्नो जीविकोपार्जन गर्न सहयोग पुर्याउने हेतुले तालिम लिएका प्रशिक्षार्थीहरू मध्ये उत्कृष्ट ७ जनालाई सिलाई कटाई मेसिन समेत दिइने अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।
तालिम अनुभवी रामेश्वर बोगटीले प्रशिक्षण दिइरहनुभएको सो कम्पनीले जानकारी दिएको छ। प्रशिक्षक बोगटीले भेदनमाबाट १८ महिने छाला जुत्ता एवम् अर्थपेडिक सम्बन्धी डिप्लोमा र नेदरल्याण्डमा ३ महिने तामिल समेत लिएको सो कम्पनीले जानकारी दिएको छ । तालिममा सार्की समुदायका १४ जना प्रशिक्षार्थीमध्ये ४ जना पुरुष र १० जना महिलाको सहभागिता रहेको सो कम्पनीले बताएको छ ।
१५ दिने अप्पर कटाई तथा सिलाई तालिम सञ्चालन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en