कुमारी बैङ्क लिमिटेडको संस्थापक शेयर वैशाख १९ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।
लिलामी मार्फत विक्री हुन लागेको बैङ्कको १४ लाख ९० हजार कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. ११९ तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरू अन्य इच्छुक व्यक्ति, कम्पनी तथा सङ्गठित संस्थाहरूले जेष्ठ २३ गते सम्ममा प्रति कित्ता के कति दरमा लिने हो सो उल्लेख गरी गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने बैङ्कले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताको लागि र सो भन्दा माथि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने बैङ्कले बताएको छ ।
सो कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कुमारी बैङ्कको संस्थापक शेयर आज देखि लिलामीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
