नव विवाहित जोडीलाई केबलकारको निःशुल्क टिकट

लुम्बिनी केबलकारले दाम्पत्य जीवन सुरु गरेका नव विवाहित जोडीहरूलाई केबलकारको निःशुल्क यात्रा गराउने भएको छ । दाम्पत्य जीवन सुरु गरेका नवजोडीहरूलाई लक्षित गरी कार्यक्रमको सुरुवात गरिएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । त्यसको लागि लुम्बिनी केबलकार लिमिटेडसँग सम्झौता भएको होटेल तथा पार्टी प्यालेसबाट वैवाहिक समारोह सम्पन्न भएको हुनुपर्नेछ । 
 

पछिल्लो समय सहरी तथा ग्रामीण समाजमा समेत बढिरहेको सामाजिक उत्सव कार्यक्रमहरू विवाह, जन्मोत्सव होटेल तथा पार्टी प्यालेसहरूमा मनाउने गरिएको र पर्यटन प्रवर्द्धन र विकाशको लागि होटेल व्यवसायीहरूको महत्त्वपूर्ण योगदान हुने भएकोले पर्यटन प्रवर्द्धन र विकाश एवं नवजोडीहरूको घुमफिर केबलकारको यात्रा, माता कामाख्या देवीको दर्शन आर्सीवादको लागि निःशुल्क केबलकार यात्राको सुरुवात गरिएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो । 


लुम्बिनी केबलकार लिमिटेडले रुपन्देही जिल्ला भित्र होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घमा आबद्ध १२ सयको हाराहारीमा रहेका होटेलहरू र अन्य ५० भन्दा बढी स्तरीय होटेलहरूसँग सम्झौता गरिसकेको र उक्त होटेलहरूबाट केबलकारको टिकट सोझै खरिद गर्न सकिने लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थले बताउनु भयो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x